काठमाडौं– साहित्यकार एवम् रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
मस्तिष्कघात भएपछि यज्ञनिधिलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो। दुई दशकअघि ६५ वर्षीय यज्ञनिधिको मिर्गौला प्रत्यारोपण गरिएको थियो। गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो।
चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि आज उनलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिने उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।