काठमाडौं– ललितपुरमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
सुनाकोठीस्थित सडकमा बा.७७ प ५२० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई सडक छेउको नालीमा पल्टेर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुदिप कार्कीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारको लागि बिएण्डबि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।