विराटनगर– विराटनगर महानगरपालिका– १५ मा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक निरीक्षक(असइ)को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा दरबन्दी भएका असइ विवेकानन्द झाको मृत्यु भएको प्रहरीले जनाएको छ। झाले चलाएको को ७ प २५५९ नम्बरको मोटरसाइकल बिहीबार बेलुका अनियन्त्रित भई पर्खालमा ठोक्किएर दुर्घटना भएको हो। उनी डेरातर्फ जाँदै थिए।
बिहीबार इलाका प्रहरी कार्यालय रानीबाट सरुवा भई रवाना पत्र लिएर हिडेका थिए।
सशस्त्र प्रहरीले उनलाई अचेत अवस्थामा फेला पारी उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगेकोमा अस्पतालले मृत घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।