धनुषामा लुटेराको गोली प्रहारबाट एक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो

Nepal Live

प्रतिकात्मक तस्बिर


महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लुटपाट गरेको छ। लुटेराको गोली प्रहारबाट १ जना गम्भीर घाइते भएका छन्। 

लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनीमाथि गोली हानेको थियो। श्रेष्ठको तीघ्रामा गोली लागेको छ। उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ। 

लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र एक लाखभन्दा बढी नगद लुटपाट गरेको छ। लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नम्बर ८ का वडाध्यक्ष देवनारायण महतोले बताए। 

प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार