पर्वत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको १ सय ३५ सदस्यीय समितिको टुंगो लागेको छ।
पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले(बाट ७२, नेकपा (माओवादी केन्द्र)बाट ५८ तथा मनोनित पाँच सदस्य गरी जिल्ला समितिको टुंगो लगाएको हो। पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी समितिको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिए।
‘पाँच सदस्यको सहमतिका आधारमा टुंगो लगाइनेछ,’ उनले भने। समितिका एक सय ३० जनाको नामावली आज सार्वजनिक गरिनेछ भने सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइने बताइएको छ। सहमतिमा अध्यक्ष र सचिव टुंगो लगाउने प्रयास भइरहेको कार्यदलका संयोजक एवम् नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।