भारतीय फिल्म स्टार कमल हसनकाे राजनीतिमा आउने तयारी

Nepal Live

मुम्बर्इ– भारतीय फिल्म स्टार कमल हसनले राजनीतिमा आउने तयारी गरेका छन्।

झण्डै आधा शताब्दिदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले २ सय फिल्ममा काम गरिसकेका छन्। उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित व्यक्तिका रुपमा लिइन्छ।

फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ वर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन्। उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएका छन्।

‘यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अब आफ्नो अधिकारका लागि बोल्ने छन्।’, एक अन्तर्वार्तामा उनले तमिलनाडुमा भने।

थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ।

हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गरेका थिए। तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ।

यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ। सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्दै छन्।

हसनले आफ्नो पार्टी वाक स्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विशेषताको रक्षाका लागि क्रियाशिल रहेको बताएका छन्।

‘मैले अहिलेको अवस्थालाई चुनौति दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि राजीनामा दिनेछु।’, उनले भने।

हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन गर्ने, निर्देशन गर्ने र गित गाउने गरेका छन्। रासस/एएफपी

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार