काठमाडौं – कलाकार तथा गायक टंक डुम्रेको नयाँ तीज गीत ‘मेरी दिदी मोटाइछौ’ सार्वजनिक भएको छ। ऋषि डुम्रेको शब्द रचना तथा गायक टंककै संगीत रहेको गीतमा टंक र गायिका प्रतिक्षा वाग्लेको स्वर रहेको छ।
विगत लामो समयदेखि अभिनय यात्रामा रहेका टंकको यो पहिलो तीज गीत हो। यसअघि उनले केही लोकगीतहरुमा स्वर भरीसकेका छन्।
सार्वजनिक गीतको म्युजिक भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन्। भिडियोमा गायक टंकसहित सीता, सोना लगायतकाे अभिनय रहेको छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।