काठमाडौं – फिल्म ‘कथा काठमाण्डू’को दोस्रो गीत ‘जुन अनि तारा...’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सुगम पोखरेलको स्वर, दिपेश सुब्बाको संगीत तथा इशान सुब्बाको शब्द रचना रहेको छ।
गीतमा फिल्मका सम्पूर्ण स्टारकास्टहरुको अभिनय देख्न सकिन्छ। लागूऔषधको लतमा फसेका प्रमोद अग्रहरीसँग प्रियंका कार्कीको घनिष्टतासँगै गीतको भिडियोमा कालकारहरु अयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी लगायतको अभिनय रहेको छ।
यसअघि ‘रातको कुरा...’ बोलको गीतमा प्रियंका र प्रमोदको बाेल्ड अभिनयका कारण विवादमा तानिएको फिल्म ‘कथा काठमाण्डू’को बिहीबार दोस्रो गीत सार्वजनिक भएको हो।
असोज १२ गतेलाई प्रदर्शन मिति तय भएको ‘कथा काठमाण्डू’लाई संगीता श्रेष्ठले निर्देशन गरेकी छिन्। विजय राईको निर्माणमा तयार भएको फिल्ममा निर्देशक संगिताकै कथा लेखन रहेको छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।