प्रभु ग्रुपले सुरु गर्यो मोबाइलबाटै आर्थिक कारोबार गर्न मिल्ने एप्लिकेसन

Nepal Live

काठमाडौं– प्रभु ग्रुपले नेपालमा ‘वालेट अब मोबाइलमा’ भन्ने नारा सहित ‘प्रभु पे’ नामक ‘डिजिटल वालेट’को सुरुवात गरेको छ।

बिहीबार एक समारोहका बीच प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचनले ‘प्रभु पे’  डिजिटल वालेटको प्रयोग गरी सेवाको सुरुवात भएको जानकारी गराएका हुन्। ‘प्रभु पे’ डिजिटल वालेट आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ। 

वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली तथा पानीको बील भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाइल रिचार्ज गर्न यो एपले सहयोग पुर्याउने छ। यो एपबाट अनलाइन मात्रै नभइ ‘युनियन पे’ र ‘ओआर कोड स्क्यान’ मार्फत पनि पैसा तिर्न सकिन्छ। ‘प्रभु पे’ले नियमित ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बिमाको सुविधा पनि दिएको छ।

प्रभु ग्रुप अन्र्तगत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकोप्टर, प्रभु टिभी र सूचना प्रविधि र व्यवस्थापन सम्बन्धि विभिन्न कम्पनी छन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार