काठमाडौं– कीर्तिपुरमा नगरपालिका–६ स्थित चोभारमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
सिमेन्ट फ्याक्ट्री अगाडि आज आज बिहान साँढे ८ बजे बा ४ ख ४५७१ नम्बरको पानी ट्याङकरले बा ८१ प ५३७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार कीर्तिपुर नगरपालिका–१ बाघभैरवकी ६५ वर्षीया नानीमैयाँ महर्जनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक भने सकुशल छन्। ठक्कर दिने ट्याङ्कर चालकलाई महानगरीय प्रहरी वृत कीर्तिपुरले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।