सेवाग्राहीको भिड बढेपछि राजविराजस्थित वाणिज्य बैंकमा राखियो ‘क्यू मेसिन’

Nepal Live

राजविराज– सुस्त र झन्झटिलो सेवाका कारण सेवाग्राहीको विश्वास गुमाउँदै गएको सप्तरीको राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंकले सेवा चुस्त बनाउन ‘क्यू मेसिन’ (टोकन सिस्टम) प्रयोगमा ल्याएको छ।

सेवाग्राहीको चाप बढ्दै गएपछि छिटोछरितो र प्रभाकारी सेवा उपलब्ध गराउने उद्देश्यले मेसिन प्रयोगमा ल्याइएको हो। सेवाग्राही बढी हुने शाखाहरुमा सुधारका कार्यक्रम गर्ने राष्ट्रिय योजना अनुसार क्यू मेसिन प्रयोगमा ल्याइएको शाखा प्रबन्धक उमेश नेपालले बताए।

मेसिनको प्रयोगले सेवाग्राहीको भिड नियन्त्रणसँगै तुलनात्मक रुपमा कर्मचारीको काम गर्ने क्षमतामा समेत वृद्धि भएको उनले बताए।

क्यू मेसिन नहुँदा यस्तो थियो सेवाग्राहीको भिड


सेवाग्राहीले समेत मेसिनको प्रयोगले काम गर्न सहज भएको प्रतिक्रिया दिए। ‘बिहानदेखि नै लाइनमा बस्दा पनि पालो नआएर फर्केर जानुपर्ने अवस्था थियो,’ तिलाठी कोइलाडी गाउँपालिका १ का लक्ष्मीनारायण ठाकुर भन्छन्, ‘अब त्यो अवस्था छैन, एकैछिन पालो पर्खेपछि काम गराएरै जान सकिन्छ।’

८० हजार ग्राहक रहेको शाखाबाट १२ कर्मचारीले दैनिक एक हजारभन्दा बढीलाई सेवा दिइरहेको उनले बताए।

प्राप्त प्रतिकृयाहरू

राजकुमार पासवान
याे सुचना अनलाइन मार्फत जानकारी जनता समझ पुर्‍याउने काम भएकाे छ । धेरै राम्रो हाे ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार