काठमाडौं– इंग्लिस क्लब चेल्सीले गोलकिपर केपा एरिजाबालगासँग कीर्तिमानी रकममा सम्झौता गरेको छ।
स्पेनिस क्लब एथलेटिको बिल्बाओबाट उनी ७१ मिलियन पाउन्डमा चेल्सीमा आबद्ध भएका हुन्। केपा र चेल्सीबीच ७ वर्षको सम्झौता भएको छ।
योसँगै २३ वर्षीय स्पेनिस खेलाडी केपा विश्वकै सर्वाधिक महँगा गोलकिपर बनेका छन्। यहि ट्रान्फर विन्डोमा इटालियन क्लब रोमाबाट लिभरपुलले ६८.८ मिलियन पाउन्डमा ब्राजिलियन गोलकिपर एलिन्सनसँग सम्झौता गरेको थियो। तर केपाले इलिन्सनलाई पछि पारेर सर्वाधिक महँगा गोलकिपरको कीर्तिमान बनाएका हन्।
बेल्जियम गोलकिपर थिबाउट कोउटोसको स्थानमा केपाले खेल्नेछन्। थिबाउट रियल म्याड्रिड जाने प्रक्रियामा छन्। केपा स्पेनिस राष्ट्रिय टिमका दोस्रो रोजाइका गोलकिपर हुन्। म्यानचेस्टर युनाइटेडका डेभिड डे गियापछि केपा स्पेनिस राष्ट्रिय टिमका उत्कृष्ट गोलकिपर हुन्।
केपाले गत २ सिजन एथलेटिकबाट खेले। जसामा उनले ५३ ला लिगा खेल खेलका थिए। उनले अहिलेसम्म एक अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएका छन्।
यसअघि एलिसन्सले म्यानचेस्टर सिटीका गोलकिपर इडर्सनलाई पछि पारेर सर्वाधिक महँगा गोलकिपर बनेका थिए। गत सिजन म्यानचेस्ट सिटीले बेनिफिकाका गोलकिपर इडर्सनसँग ४० मिलियन युरोमा सम्झौता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।