धनगढी- कैलालीको चुरे गाउँपालिका ४ बालुवागडामा सहकारीका कर्मचारीमाथि छुरा प्रहार भएको छ।
किसान बहुद्देश्यीय सहकारी संस्था चौमालामा कार्यरत लम्की चुहा नगरपालिका ५ का पुष्कर न्यौपानेलाई मखुन्डो लगाएका दुई जनाले छुरा प्रहार गरेको चौमला प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीका अनुसार घाइते न्यौपानेको दायाँ हात र पेटमा चोट लागेको छ। मोटरसाइकलमा रहेका उनलाई रोकेर आक्रमण गरेपछि आक्रमणकारी भागेका थिए।
बालुवागडाबाट सहकारीको रकम संकलनको काम सकेर फर्कंदै गरेका न्यौपानेलाई बालुवागडा नजिक बाटोमा आक्रमण भएको हो। बुधबार दिउँसो पौने १२ बजे घटना भएकोमा ढिलो गरी खबर आएको प्रहरीले बताएको छ।
घाइतेको धनगढीको सिपी अस्पतालमा उपचार भइरहेको छ। छुरा प्रहार गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।