सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा मोरङको टंकी सिनुुवारीमा

Nepal Live

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको टंकी सिनुुवारीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले श्रावण १८ गते शुक्रबारदेखि उक्त शाखाको विधिवत रुपमा उद्घाटन गरि कारोबार शुभारम्भ गरेको हो। 

शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा डा रबीन्द्रप्रसाद श्रेष्ठले संयुुक्त रुपमा गरेका थिए। उक्त अवसरमा डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा ३ लाख रुपैयाँसम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंक मार्फत कारोबार गर्न स्थानीय बासीन्दालाई आग्रह गरेका बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

देशभर शाखा विस्तार गर्दै नेपालीहरुमा सर्वसुलभ बैंकिङ सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको थकालीको भनाइ छ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु सञ्चालनमा आउने प्रक्रियामा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार