गणेश लामा सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर, एक वर्ष कैद सजाय

Nepal Live

काठमाडौं– गणेश लामा सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन्। 

उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन्। उनलाई एक वर्ष कैद र १ करोड ४० लाख ५० हजार बराबरको  विगो बापतको सम्पत्ति जफत हुने विशेष अदालतको फैसलामा उल्लेख छ।

उनले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पती जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। 

बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी ,न्यायाधीशद्धय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले बिहीबार लामालाई कैदकाे फैसला सुनाएको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानमा आधारीत भएर २०७० साल जेठ ५ गते लामा सहित पाँच जना गुन्डा नाईके विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर भएको थियो। मुद्दा दर्ता भएको पाँच वर्षपछि विशेष अदालतले अन्तिम फैसला सुनाउँदै लामालाई सजाय दिएको हो।

विभागले ५ जना गुन्डा नाइके विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। अन्य चार जनाले अदालतबाट सफाइ पाइसकेका छन्। 

विभाग र ब्युरोको संयुक्त अनुसन्धानमा लामाको सम्पत्तिको लामो फेहरिस्त देखिएको दावी गरिएको थियो। लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दाबी गरिएको थियो। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड  १ लाख अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो।

हाल उनी हातहतियार मुद्दामा डिल्लीबजार कारागारमा छन्। 


सम्बन्धित लिंकहरु

प्राप्त प्रतिकृयाहरू

Mahendra Gautam
I thought justice was not justified 100% because he had earned 270 million Rs on illegal way and collapse only 10 million Rs. To be honest Mr. Lama not lose this case still he has on profit 260million Rs on his pocket. Justice not feeling how many people were suffered by Mr.Lama’s illegal activities. Can this judgment has to be fulfilled verdict people by Mr. Lama. If am judge and I have to do order this case must collapse all amounts and life sentences then will be guarantee it will not happened again. Thank you

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार