काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल लगानीको आकर्षक गन्तव्य मुुलुक भएकाले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
अमेरिकास्थित नेपाली दुतावासमा दुतावास र अन्तर्राष्ट्रिय वित्त संस्थाको संयुक्त आयोजनामा मंगलबार भएको लगानीकर्ताको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त, वातावरण बनेकोबारे अन्तर्राष्ट्रिय जगतलाई आश्वस्त पारेका थिए।
उनले स्थिर सरकार गठन भएकाले लगानीको लागि अनुकुल वातावरण बनेको, कानुनले लगानीकर्ताको निजी सम्पत्तिको संरक्षण गर्ने सुनिश्चित गरेको, विदेशी लगानी, कर तथा श्रम काुननहरु लगानीमैत्री रहेको, लगानी बोर्डमार्फत एकल बिन्दु सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको, दक्षिण एसियामा नै नेपालको कर्पोरेट करको दर प्रतिस्पर्धात्मक रहेकाले ढुक्क भएर लगानी गर्न सकिने बताए।
अर्थमन्त्री खतिवडा विश्व बैंकको निर्देशक समितिको बैठकमा भाग लिन त्यसतर्फ गएका थिए।
यसैबीच, विश्व बैकले मंगलबार नै नेपालको वित्तिय क्षेत्र सुधारका लागि करिब ११ अर्ब नेपाली रुपैयाँ (१ सय मिलियन अमेरिकी डलर) सहयोग स्वीकृत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।