काठमाडौं – अभिनेता प्रदिप खड्का अभिनित फिल्म रोजीको पहिलो गीत सार्वजनिक भएको छ। टर्कीको स्तानावुलको रोमान्टीक दृष्य समाबेश गीतमा अभिनेता प्रदिप र अभिनेत्री मिरुना मगरको प्रेमभाव झल्काइएको छ।
'फुल होइन' बोलको साे गीतमा राजेश कुमार श्रेष्ठको शब्द रचना, अलिष कार्कीको संगीत तथा प्रताप दास र प्रविसा अधिकारीको स्वर रहेको छ।
केदार भुषालको लेखन आर्य पौडेल र आरोही केसीको निमार्ण तथा निरक पौडेलको निर्देशनमा तयार भएको फिल्ममा प्रदिप र मिरुनासँगै परमिता आरएल राणा, कर्मा शाक्य लगायतका कलाकारहरुको अभिनय छ।
फिल्म आउदो भदौ २२ गते प्रदर्शनमा आउने छ। उक्त मितिमा अभिनेत्री पुजा शर्मा अभिनित फिल्म राम कहानी पनि प्रदर्शनमा आउदै छ। फिल्म प्रेम गीतमा एक साथ स्क्रिन सेयर गरेका पुजा र प्रदिप भदौ २२ मा भिन्न-भिन्न फिल्ममार्फत दशकमा जाँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।