काठमाडौं– काठमाडौंको काँडाघारीमा चिनजानकै व्यक्तिबाट बालक निशान खड्काको अपहरण भएको खुलेको छ। प्रहरीले अपहरणमा सलग्न दुई जनालाई पक्राउ गरेको छ। तर, अपहरित बालकको अवस्थाबारे केही खुल्न सकेको छैन।
महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर र भक्तपुर परिसरको टोलीले ठिमीको नगदेस भन्ने ठाउँबाट दुई जनालाई पक्राउ गरेको थियो। उनीहरु आइतबार दिउँसो बालकको आमाले चलाउने खाजा घरमा आएको र दिनभरी खेलेर साँझ अपहरण गरेको खुलेको छ। उनीहरु त्यहाँ २÷३ वर्षदेखि नै खाजा खाने गरेको खुलेको छ।
आइतबार साँझ करिब ६ बजे बालक अपहरणमा परेका थिए। साँझ करिब ८ बजे बालककी आमालाई फोन गरी ४० लाख रुपैयाँ फिरौती मागिएको थियो।
घटनाको अनुसन्धानका लागि एक सय भन्दा धेरै प्रहरी परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।