काठमाडौं– नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ।
नेपाली टिमका युवा बलर सन्दीप लामिछाने भने नेदरल्यान्ड्सबाटै वेस्ट इन्डिजतर्फ लागेका छन्। सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न गएका हुन्।
नेपाली टिम इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी–२० सिरिज र नेदरल्यान्ड्समा २ खेलको एकदिवसीय सिरिज खेलेर स्वदेश फर्किएको हो। टी–२० सिरिजमा नेपालले एमसिसीलाई हराएको थियो भने नेदरल्यान्ड्स विरुद्धको दोस्रो खेल वर्षाले अबरुद्ध बनेको थियो। एकदिवसीय सिरिजमा पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो।
तस्बिरमा नेपाली टिम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।