काठमाडौं– काठमाडौंमा एक बालकको अपहरण भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
काँडाघारीमा बस्ने ११ वर्षिय बालक निशान खड्का हराइरहेकोमा फिरौती माग भएपछि अपहरण भएको आशंका गरिएको हो।
उनी आइतबार बेलुकादेखि फरार थिए। सोमबार बिहान परिवारका सदस्यलाई फोन गरेर फिरौती मागिएको थियो। पेशेवर अपराधीक समूहले अपहरण गरेको वा वा आफन्तले भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखाबाट समेत टोली खटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।