सुर्खेत– जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक गएको पहिलोमा मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतबार बिहानको पहिरोले गोपाल सुनार र तीर्थ बोहोराको घर पुरिँदा ८ जनाको मृत्यु भएको हो।
पहिरोमा परी तीर्थ बोहराका ८ वर्षीया छोरी नोज्मा बोहोरा, उनकै घरमा डेरा गरी बस्ने भेरी नगरपालिका–६ का २५ वर्षीया सितली लुहार, उनका छोरीहरु १० वर्षीया रञ्जना लुहार, ६ वर्षीया मनिषा लुहार र तीन वर्षीया भगवती लुहारको मृत्यु भएको छ।
त्यसैगरी, गोपाल सुनारको घरमा डेरागरी बस्ने कुशे गाउँपालिका–५ जाजरकोटका ८ वर्षीय दशरथ परियार, सोही घरमा खेल्न गएका कुशे गाउँपालिका–६ का १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियारको पनि पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
यसैगरी, गोपालकै घरमा डेरा गरी बस्ने कुशे गाउँपालिका–५ का १२ वर्षीय गोविन्द परियार पहिरोमा पुरिएर बेपता भएको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरोबाट मृतकको शव निकाल्नुका साथै केहीलाई उद्दार गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।