तनहुँ– पेट्रोल पम्पमा एक व्यक्तिलाई खुकुरी हान्ने व्यक्ति एक वर्षपछि पक्राउ परेका छन्। गत वर्ष असोज १८ गते ब्यास नगरपालिका–४ मा रहेको जोशी पेट्रोल पम्पमा विजय थापालाई खुकुरी हान्ने मिलन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
सो घटनामा संलग्न अन्य व्यक्तिहरु फरार छन्। उनीहरुको पनि खोजी भइरहेको डिएसपी सुनिल मल्लले बताए।
आक्रमण गर्नेहरु गुन्डागगर्दीमा संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।