राजविराज– सप्तरीमा १३ महिने बसाईपछि सरुवा भएका एसपी मुकेश कुमार सिंहलाई शनिवार नेपाल पत्रकार महासंघ सप्तरीले विशेष सम्मान स्वरुप ‘पाग’ पहि¥याएर विदाई गरेको छ। मिथिला संस्कृतिमा पागको विशेष महत्व र पहिचान छ।
मधेश आन्दोलनपछिको संक्रमणकालिन अवस्था तथा वाढि र डुवानको ठूलो समस्या रहेको अवस्थामा सप्तरी आएर शान्ति, सुरक्षा र अमन–चयन वहालीमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै एसपी सिंहलाई सम्मान गरिएको हो।
महासंघले आफनै कार्यालयमा आमन्त्रण गरी सिंहलाई सम्मान गरेको हो। महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गासहित अग्रज पत्रकारहरुले उनलाई दोसल्लासहित ‘पाग’ पहिर्याएर सम्मान गरे ।
कार्यक्रममा एसपी सिंहले अपराध र अपराधिक गतिविधि नियन्त्रणमा कुनै सम्झौता नगरेको र सर्वसाधारणको समस्या समाधानमा कुनै सम्झौता नगरेको भन्दै उनको कामको प्रशंसा गरे ।
प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा सरुवा भएका एसपी सिंह २०७४ साउन २ गते सप्तरी आएका थिए । उनको स्थानमा सुनसरीबाट राजन विष्ट नयाँ एसपीको रुपमा सप्तरी आउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।