धुन्चे- रसुवाको धार्मिक तीर्थस्थल गोसाइँकुण्ड जाने क्रममा पहिरो जाँदा ढुंगाले लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ। पहिरोका ढुंगा लागेर रौतहट चन्द्रपुर नगरपालिका ४ कि ३८ वर्षीया नम्रता कार्कीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए।
गोसाइँकुण्ड गाउँपालिका ५ स्थित घट्टे खोलादेखि ५० मिटरमाथि पहिरो गएको स्थानमा एक्कासी ढुङ्गा खस्दा कार्कीको घटनास्थलमै ज्यान गएको तामाङले जनाए।
त्यस्तै, पहिरोमा परी रौतहट चन्द्रपुर नगरपालिका ४ कै मनोज भट्राई र रमा आचार्य घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका आचार्यको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ भने भट्टराईको अवस्था सामान्य छ। शुक्रबार दिउँसो रौतहटदेखि आएको २७ जनाको टोली गोसाइँकुण्ड जाँदै थियो। पहिरो गएको स्थान सदरमुकाम धुन्चेबाट करिब ४ किलोमिटरको दुरीमा पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।