रसुवा– गोसाइँकुण्ड जाने बाटोमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। गोसाइँकुण्ड गाउँपालिका ५ को घट्टेखोला नजिकै शुक्रबार दिउँसो गएको पहिरोमा परी दुई जना घाइते भएका छन्।
गोसाइँकुण्ड जान रौतहटबाट आएको २७ जनाको टोलीमध्ये केहीलाई पहिरोले भेटेको थियो। प्रहरीका अनुसार पहिरोमा परी रौतहट चन्द्रपुर नगरपालिका-४ की ३८ वर्षीय नम्रता कार्कीको मृत्यु भएको हो। घाइते २ जनालाई उपचारका लागि धुन्चे लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।