काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले परराष्ट्र मन्त्रालयमार्फ मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनलाई नेपाल भ्रमणको निम्तो पठाएका छन्।
पछिल्लो समय नेपाली कामदार मलेसिया जान बन्द भएको र जिटुजी गर्ने लगायतका विषयमा छलफल गर्न कुलासेगरनलाई भ्रमणको निम्तो गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
भ्रमणको अवसरमा कुलासेगरनसँग जिटुजीको प्रस्ताव र छलफल गर्ने योजना रहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
मन्त्री कुलासेगरनले मलेसियास्थित नेपाली दूतावासका अधिकारीसँग नेपाल भ्रमण गर्ने चाहाना व्यक्त गरेपछि मन्त्री विष्टले भ्रमणको निम्तो दिएका हुन्।
मलेसिया सरकारले पनि नेपालबाट कामदार सरकारी स्तर (जिटुजी) बाटै लैजाने प्रस्ताव गर्दै आएका छ।
यो विषयमा नेपाल सरकार सकारत्मक देखिए पनि सम्झौतका विषयमा प्रष्ट नीति बनाउन सकेको छैन।
नेपालले भिसा प्रक्रियामा स्थापित अवैध संयन्त्र (सिन्डिकेट) खारेजीबारे मलेसिया सरकारको मन्त्रिपरिषद्मा आज छलफल हुँदैछ।
गत जेठ २ गते श्रम मन्त्रालयले मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्दै आएका संस्था खारेज गरेपछि त्यहाँ कामदार लैजाने प्रक्रिया बन्द छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।