काठमाडौं– महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत रहँदा सामूहिक बलात्कारको घटना मिलापत्र गराएको आरोपमा कारबाहीमा परेका डिएसपी तिलक भारतीलाई प्रहरी प्रधान कार्यालयले ‘पुरस्कृत’ गरेको छ। उनलाई प्रधान कार्यालयले बुधबार फेरि इन्चार्जका रुपमा इलाका प्रहरी कार्यालयमा सरुवा गरेको छ।
उनलाई इलाका प्रहरी कार्यालय, राजापुर बर्दियामा सरुवा गरिएको छ। नेकपाका नेताको दबाबमा फेरि उनलाई इन्चार्जमा सरुवा गरिएको स्रोत बताउँछ।
त्यस्तै तीन वर्षअघि घुससहित पक्राउ परेर हालै बढुवा भएका डिएसपी रमेश सिंहलाई पनि इन्चार्ज बनाएर सरुवा गरिएको छ। उनलाई इप्रका कोहलपुरमा पठाइएको छ। ललितपुरमा हुँदा उनलाई अख्तियारले रंगेहात घुससहित पक्राउ गरेकोमा उनले अदालतबाट सफाई पाएका थिए।
बुधबार प्रहरी प्रधान कार्यालयले ४८ जना एसपी र ९५ जना डिएसपीको सरुवा गरेको हो। सरुवामा केही विवादास्पद प्रहरीलाई पनि इन्चार्जका रुपमा पठाइएको छ।
यस्तो छ सरुवा सूची–
डिएसपी सरुवा–
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।