नेपाल भर्सेस द नेदरल्यान्ड्स
स्थान – भिआरए मैदान, आम्सटर्डम
खेल – पहिलो एकदिवसीय क्रिकेट
मिति– १६ साउन
समय– दिउँसो २ः४५ बजे
काठमाडौं– नेपालले आज ऐतिहासिक पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशकपछि नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेलेर अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा डेब्यू गर्न लागेको हो।
साढे चार महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको थियो।
कान्छो एकदिवसीय राष्ट्र नेपालले बुधबार नेदरल्यान्ड्ससँग एकदिवसीय खेल खेलेर इतिहास बनाउन लागेको हो। खेल आज दिउँसो २ः४५ बजे भिआरए मैदान, आम्सटर्डममा हुनेछ।
नेदरल्यान्ड्सको निमन्त्रणामा आम्सटर्डम पुगेको नेपाली टिमको नेतृत्व पारस खड्काले गर्नेछन्।
कप्तान पारससँगै दशक लामो सयम नेपाली क्रिकेटका लागि योगदान दिएका तथा युवा खेलाडीहरु पनि पहिलो एकदिवसीय खेलका लागि उत्साहित देखिएका छन्।
एकदिवसीय मान्यता पाएर पहिलो खेल खेल्न लागिरहेको नेपाली टिम पछिल्लो ८ वर्षको अन्तरमा अनुभवी समेत बन्दै गइरहेको छ। तर नेपालले पहिलो एकदिवसीय खेल खेल्न लागेको नेदरल्यान्ड्स बढी अनुभवी छ। चार वर्षअघिसम्म उसले ७९ एकदिवसीय खेलिसकेको थियो। नेदरल्यान्ड्सको टिममा कप्तान पिटर सिलार, वेस्ली बारेसी, स्टेफिन माइबुर्घ, म्याक्स ओडोउड, मिचेल रिप्पफक्षन र पाउल भान मीकेरेन जस्ता प्रतिभावान खेलाडीको जमघट छ। नयाँ खेलाडीले पनि डच टिम थप बलियो बनेको छ। त्यसैले नेपालका लागि पहिलो एकदिवसीय खेल सजिलो भने हुनेछैन।
हेड टु डेड
विश्वकप छनोट, जिम्बावे, मार्च-२०१८
नेदरल्यान्ड्स–१८९/९
नेपाल–१४४
नेदरल्यान्ड्स ४५ रनले विजयी
डब्लुसिएल च्याम्पियनसिप, अगस्ट २०१६
नेपाल– २१७/९
नेदरल्यान्ड्स– १९८
नेपाल १९ रनले विजयी
डब्लुसिएल च्याम्पियनसिप, अगस्ट २०१६
नेपाल–९४
नेदरल्यान्ड्स–९६/३
नेदरल्यान्ड्स ७ विकेटले विजयी
डिभिजन–२, जनावरी २०१५
नेदरल्यान्ड्स –१५८
नेपाल–१५९/८
नेपाल २ विकेटले विजयी
विश्वकप छनोट सातौं स्थान प्लेअफ, जनावरी २०१४
नेपाल–१७१/९
नेदरल्यान्ड्स–१७२/३
नेदरल्यान्ड्स ७ विकेटले विजयी
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल
नेदरल्यान्ड्स टिम
पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मीकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।