काठमाडौं– लागूऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका नाइके जयप्रसाद लिम्बु काठमाडौंबाट पक्राउ परेका छन्।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले सोमबार काठमाडौंको महाराजगन्जबाट लिम्बुलाई पक्राउ गरेको हो। पक्राउ परेका
उनको साथबाट प्रहरीले हालसम्मकै सबैभन्दा ठूलो परिमाणको अवैध मनोद्विपक पदार्थ एम्फेटाइमाइन ७ हजार १ सय २० ट्याब्लेट बरामद गरेको छ। ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले मंगलबार पत्रकार सम्मेलन गरी लिम्बुसँगै अवैध लागूऔषध कारोबारमा संलग्न झापा मेचीनगरका युवराज सुवेदी र काठमाडौंका राजबज्र लामालाई पनि पक्राउ गरिएको जानकारी दिए।
नेपाल प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका तेह्रथुमका लिम्बु भारतको सिलगुडीमा आफ्नो सञ्जाल बनाई लागूऔषध कारोबारमा संलग्न हुँदै आएका थिए।
पक्राउ परेका लिम्बु, सुवेदी र लामामाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।