काठमाडौं– विदेश जान लागेका एक युवकको एक लाख रुपैयाँ लुटपाट भएको छ।
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सडकबाट बझाङ भलारा गाउँपालिका–१ का २३ बर्षीय करण कुँवरको १ लाख आइतबार लुटपाट भएको हो।विदेश जान काठमाडौं आएका करणको साथमा रहेको उक्त रकम २÷३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको भएका हुन्।
उता ललितपुरको पसलमा चोरी भएको छ। गोदावरी नगरपालिका–१२ थेचोस्थित रविन्द महर्जनको आरएस हार्डवेयर पसलबाट आइतबार नगद २ हजार रुपैयाँ र करीब ४ लाख ५० हजार रुपैयाँ बराबरको धारा फिटिङ गर्ने सामानहरु चोरी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।