भैरहवा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले दण्डहीनतालाई बढवा दिएको आरोप लगाउँदै कांग्रेस आन्दोलनमा उत्रिसकेको बताएका छन्।
भैरहवामा अयोजित कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको कार्यकर्ता भेटघाटमा डा कोइरालाले भने, ‘डा गोविन्द केसीको माग पूरा भयो, अब त नेपाली कांग्रेसको आन्दोलन तुहिएकोे छ भन्ने भ्रममा कम्युनिष्ट छ। तर, त्यसो होइन, अब कांग्रेस आन्दोलनमा उत्रिसकेको छ।’
उनले सरकारमा अत्यधिक दम्भ देखिएको बताउँदै यो सरकारलाई नै घातक हुने बताए। चुनावका बेला मिठामिठा राष्ट्रवादी कुरा गरेर चुनाव जितेको बाम गठबन्धनले सरकार निर्माणपछि भने मुलुकलाई अराजकतातर्फ धकेलेको कोइरालाको आरोप थियो।
उनले सरकार लोकप्रियताबाट सर्वसत्ताबाद हुँदै अधिनायकवादतर्फ अगाडि बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।