काठमाडौं– आफुले काम गर्ने घरमै चोरी गरेर भागेकी युवती पक्राउ परेकी छिन्। सिन्धुली घर भई पुल्चोक बस्ने २० वर्षिया मनिता भनिने अम्रिका चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो।
उनी सानेपामा सलिना शाक्यको घरमा काम गर्दथिन्।
सोहीघरबाट उनले सुनका सिक्रि, औंठी तथा टप चोरी गरेकी हुन्।
प्रहरीले चोरीका गहना चौलागाईको कोठाबाट बरामद गरेको छ।
साथै अन्य ठाउँबाट चोरी थरेका कपडा, जुत्ता लगायत धनमालहरु समेत प्रहरीले उनको डेराबाट बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।