काठमाडौं– आर्थिक वर्ष २०७४/०७५ मा बिमा कम्पनीहरुले ७३ अर्ब १४ करोड ६२ लाख ८३ हजार रुपैयाँ प्रिमियम रकम उठाएका छन्।
यसमध्ये १८ जीवन बिमा कम्पनीले मात्र ५१ अर्ब ७८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। आर्थिक वर्ष २०७३/०७४ मा जीवन बिमा कम्पनीहरुले ३८ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए। यद्यपि यस अवधिमा ९ नयाँ जीवन बिमा कम्पनीको प्रिमियम थपिएको छ।
यता २० निर्जीवन बिमा कम्पनीहरुले २२ अर्ब १३ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। आर्थिक वर्ष २०७३/०७४ मा यो शिर्षकको तथ्यांक १९ अर्ब ३३ लाख रुपैयाँ मात्र थियो। उक्त रकम फस्र्ट प्रिमियम, सिंगल प्रिमियम, वैदेशिक रोजगारी बीमाको प्रिमियम र नविकरणवापत संकलन भएको रकम हो।
जीवन बिमा कम्पनीहरुमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स (एनएलआइसी)को प्रिमियम ३२ दशमलब ४१ प्रतिशतले बढेको छ। एनएलआइसीले अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा १२ अर्ब २१ करोड ९८ लाख रुपैयाँ प्रिमियम संकलन गरेकोमा गत आर्थिक वर्ष २०७४/०७५ मा १६ अर्ब १८ करोड १ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ।
यस वर्ष सञ्चालनमा आएका ९ वटा नयाँ जीवन बिमा कम्पनीको प्रिमियम संकलन पनि उत्साहप्रद नै देखिएको छ। जसमध्ये युनियन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ८४ करोड ९४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ।
कुन जीवन बिमा कम्पनीले कति बढाए प्रिमियम संकलन?
स्रोत : सम्बन्धित कम्पनीले बिमा समितिमा बुझाएको विवरणमा आधारित
२० निर्जीवन बिमा कम्पनीले आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७५ मा बिमा व्यवसाय १६ दशमलब ५० प्रतिशतले बढाएका छन्। निर्जीवन बिमा कम्पनीले २ अर्ब १३ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
यस अवधिमा सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सले बिमा व्यवसाय वृद्धि गरेको छ। इन्स्योरेन्सले १ सय २९ दशमलब ९३ प्रतिशतले प्रिमियम संकलनमा वृद्धि गरि ६० करोड ५४ लाख रुपैयाँ पुर्याएको हो। अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा इन्स्योरेन्सले २६ करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो।
यता युनाइटेड इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्सको प्रिमियम संकलन भने खुम्चिएको छ।
कुन निर्जीवन बिमा कम्पनीले कति बढाए प्रिमियम संकलन?
स्रोत : सम्बन्धित कम्पनीले बिमा समितिमा बुझाएको विवरणमा आधारित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।