काठमाडौं– सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ। सहमतिपछि डा केसीलाई नेकपामा नेपा सुवास नेम्वाङ र प्राध्यापक केदरभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका छन्। डा केसी अनसनको २७औं दिन प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अबेरसम्म बसेको छलफलपछि ९ बुँदे सहमति जुटेको हो।
१० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न पाउने कि नपाउने भन्ने विषयमा विवाद भएको थियो। सरकारले डा केसीको मागअनुसार नयाँ मेडिकल कलेज नखोल्न तयार भएपछि सहमित भएको हो। सहमतिमा डा केसीले हस्ताक्षर गरेका छन्।
डा केसीलाई थप उपचारका लागि आजै आइसियूमा भर्ना गरिँदैछ।
यस्तो छ सरकार र डा केसीबीचको ९ बुँदे सहमति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।