काठमाडौं– ३१ वटा चोरीका अभियुक्त पक्राउ परेका छन्। नुवाकोट थानसिंह घर भएका गणेशबहादुर सुनुवारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको हो।
उनलाई काठमाडौं जिल्ला अदाललते ३४ लाख ७२ हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
उनीविरुद्ध ३१ मुद्दा दायर भएको थियो।
सिआइबीले नुवाकोटबाट उनलाई पक्राउ गरी अदालतमा पेश गरेकोमा उनलाई केन्द्रीय कारागार चलान गरेको छ।
उनले विभिन्न व्यक्तिका सुनका गहना चोरी गरी पसलमा बिक्रि गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।