काठमाडौं– फिल्म सुश्री सम्पतिको पहिलो गीत सार्वजनिक भएको छ। बुधवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको हुकुम बक्सीयोस् वोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिनेताद्वय सलोन बस्नेत र विनोद न्यौपानेसँगै अभिनेत्री सारा सिर्पालीको अभिनय रहेको छ।
गीतको भिडियो सामान्यतया निमार्ण भइरहने भिडियोहरु भन्दा केही पृथक पाउन सकिन्छ। गम्भिर विष्टको कोरियोग्राफी र शिवराम श्रेष्ठको छायांकन रहेको भिडियोमा सलोन ‘राजा’ र सारालाई ‘राजकुमारी’ को पहिरनमा देख्न सकिन्छ ।
सार्वजनिक गीतको छायांकन गर्न नै ४ दिन लागेको निमार्ण पक्षले गीत सार्वजनकि कार्यक्रममा जानकारी दियो ।
सुव्रत आचार्य निर्देशन रहेको फिल्म ‘सुश्री सम्पत्ति’मा कलाकारहरु प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री प्रियंका कार्की भने अतिथि कलाकारका रुपमा देखिनेछिन्।
गीतको भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।