रसुवा– चालु आर्थिक वर्ष २०७५/०७६ का लागि रसुवामा कामदारको ज्याला, ढुवानी र निर्माण सामग्रीको दररेट निर्धारण गरिएको छ। दररेट निर्धारण समितिको बैठकले जिल्लामा दररेट निर्धारण गरेको। जिल्लाको दररेटमा एकरुपता ल्याउन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको जिल्ला दररेट निर्धारण समिति रसुवाले जनाएको छ।
जिल्लाको कालिका उत्तरगया नौकुण्ड गाउँपालिककाको साबिकको यार्सा बाहेकका डकर्मी, सिकर्मी, बज्रकमी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकारलगायत दक्ष कामदारका लागि दैनीक ९ सय १० रुपैयाँ कायम गरिएको छ । ज्यामीका लागि ६ सय १० रुपैयाँ, अर्धदक्ष कामदारका लागि ७ सय ८५ रुपैयाँ कायम गरिएको छ। गत वर्ष दक्ष कामदारका लागि ८ सय २८ रुपैयाँ कायम गरिएको थियो भने ज्यामीका लागि ५ सय ५२ र अर्धदक्ष कामदारका लागि ७ सय १३ रुपैयाँ कायम गरिएको थियो।
त्यस्तै धुन्चेभन्दा उत्तरी क्षेत्र साबिकको धुन्चे, यार्सा, स्याफ्रु, बृद्धिम, टिमुरे, थुमन, गोल्जुङ, चिलिमे, गतलाङ र हाकु गाविसका डकर्मी, सिकर्मी, बज्रकमी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकारलगायत दक्ष कामदारका १ हजार ५० कायम गरिएको छ। त्यस्तै ज्यामीका लागि ७ सय ३५ र अर्धदक्ष कामदारका लागि ७ सय ८५ कायम गरिएको छ। गत बर्ष दक्ष कामदारका लागि ९ सय २० कायम गरिएको थियो भने ज्यामिको ६ सय ६७ र अर्धदक्ष कामदारको ७ सय १३ रुपैया कायम गरिएको थियो।
त्यस्तै साविकको लाङटाङ गाविस र स्याफ्रु गाविसको गोसाईकुण्ड क्षेत्रका डकर्मी, सिकर्मी, बज्रकमी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकारलगायत दक्ष कामदारका लागि १ हजार ६ सय ८६ रुपैयाँ कायम गरिएको छ । त्यस्तै ज्यामीका लागि १ हजार २ सय ७७ र अर्धदक्ष कामदारका लागि १ हजार ४ सय ७४ रुपैयाँ कायम गरिएको छ । गत बर्ष दक्ष कामदारका लागि १ हजार ४ सय ६६ कायम गरिएको थियो भने ज्यामीको १ हजार १ सय १० र अर्धदक्ष कामदारका लागि १ हजार २ सय ८२ रुपैया कायम गरिएको थियो।
जिल्ला दररेट निर्धारण समितिका अनुसार गतबर्षको दररेटमा यो बर्ष ५ देखि १५ प्रतिशत बढाई कामदारको ज्याला, ढुवानी र निर्माण सामाग्रीहरुको दररेट निर्धारण गरिएको छ । जिल्लाको दररेटमा उल्लेख भएको निर्माण सामाग्रीहरु बाहेक अन्य निर्माण सामाग्रीको हकमा काठमाडांैको दररेटलाई आधार मानी ढुवानी भाडा जोडी मूल्य कायम गर्ने निर्णय गरिएको छ।
त्यस्तै वर्षा अवधिमा काम गर्दा ज्याला तथा ढुवानीमा २० प्रतिशत र जटिल तथा जोखिमपूर्ण कार्य गराउदा बढीमा ५० प्रतिशत बढाउन सकिने निर्णय गरिएको छ। त्यस्तै बिभिन्न कार्यालयका लागि जीप–कारको ५ दिनका लागि सवारी इन्धन र जनशक्ति सहित ८ हजार भाडामा लिन सकिने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।