एजेन्सी– जाह्न्वी कपुरको डेब्यु अभिनयमा बनेको फिल्म 'धडकक'ले यतिबेला बक्सअफिसमा राम्रो केलेक्सन गरिरहेको छ। फिल्मले प्रदर्शनको तेस्रो दिन सम्ममा ३३ करोड बढीको कमाई गरिसकेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मको कमाई चाँडै ५० करोडमाथि पुग्ने फिल्म बजार विश्लेषकहरुले अनुमान गरेका छन्।
एकातिर फिल्म सफल भइरहँदा आफ्नो डेब्यु अभिनयका लागि श्रीदेवीको छोरी जाह्न्वीले कति पारिश्रमिक प्राप्त गरिन् भन्ने विषयले पनि चर्चा पाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार फिल्मबाट जाह्न्वीले ५० देखि ६० लाखसम्म पारिश्रमिक प्राप्त गरेको कुरा बाहिरिएको छ।
यसैगरी, जाह्न्वीको अपोजिटमा रहेका इसान खट्टरले पनि उत्ति नै पारिश्रमिक प्राप्त गरेका छन्।
तर, फिल्मका अभिनेता अभिनेत्रीभन्दा खलनायक र म्युजिक भिडियो करियोग्राफरले बढी पारिश्रमिक प्राप्त गरेका छन्। फिल्ममा खलनायकको भूमिकामा रहेका आशुतोष राणाले ८० लाख र कोरियोग्राफरले साढे १ करोड पारिश्रमिक प्राप्त गरेको जनाइएको छ।
त्यस्तै, फिल्मका निर्देशक शशांक खेतानले भने फिल्मको निर्देशन बापत ४ करोड प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।