विराटनगर– गोरु काटेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९, गुप्तेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले सिरिजंघा–३, सिकैच घर भई फुङलिङ–९ बस्ने १८ वर्षीय राम बिक र उनकै भाइ १६ वर्षीय प्रेम बिकलाई पक्राउ गरीएको हो।
गोरु काटेर मासु टुक्र्याइरहेको बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मासुसहित पक्राउ परेका दुबैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हिरासतमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।