जनकपुरधाम– प्रदेश २ को मन्त्रिपरिषद्ले ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ विधेयकहरुलाई प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको हो।
मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोग (कार्यविधी) गठन सम्बन्धि विधेयक, प्रादेशिक प्रशासनका लागि आवश्यक कर्मचारी भर्ना सम्बन्धि विधेयक, गाँउसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धि विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश फ्रिक्वेन्सी मोडुलेशन (एफएम), रेडियो र टेलिभिजन सञ्चालन र नियमन सम्बन्धि विधेयक र लैङ्गिक तथा घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक २०७५ को मस्यौदा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो।
मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति प्रदान गरेपछि सम्बन्धित मन्त्रालयले विधेयक मस्यौदा तयार गरि प्रक्रियामा लाने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।