साइवर अपराधको जोखिम न्युनिकरणका लागि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने

Nepal Live

काठमाडौं– नेपालमा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल साइवर सेक्युरिटी समिट हुने भएको छ।

‘बिल्डिङ ग्लोबल एलायन्स फर साइवर रिजेलियन्स’ भन्ने मूल नाराका साथ आगामी बिहीबार र शुक्रबार काठमाडौंमा ग्लोबल साइवर सेक्युरिटी समिट आयोजना गर्न लागिएको हो। 

सम्मेलनमा साइवर कानुन, नीति र त्यसका सुरक्षाका विषयमा गहन छलफल हुने इन्फरमेसन सेक्युरिटी रेसपोन्स टिम नेपालका अध्यक्ष चिरञ्जीवि अधिकारीले जानकारी दिए।

साइवर अपराधका घटना बढिरहेका बेला नेपालमा त्यस्ता जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्न समिट आयोजना गर्न लागिएको सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। सम्मेलनमा साइवर सुरक्षाको बारेमा प्राविधिक, कानुनी तथा जनचेतनामूलक कार्यक्रमका बारेमा ठोस धारणा तय गर्ने दावी गरिएको छ। 

२ दिने समिटमा सूचना प्रविधि क्षेत्रमा आवद्ध व्यवसायीहरु, सुरक्षा अधिकारीहरु र यस क्षेत्रका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने बताइएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार