एजेन्सी – जाह्न्वी कपुर अभिनित फिल्म धडक यतिबेला भारतीय बक्स अफिसमा सफलपुर्वक प्रर्दशन भईरहेको छ। फिल्मले ३ दिनमा ३३ करोड बढीको कलेक्सन गर्न सफल भएको छ।
फिल्म धडकको यस सफलताले जाह्न्वीको करियरलाई ठूलो सफलता दिलाउने पक्का भएको छ। डेव्यु फिल्मले बक्स अफिसमा सफलता पाईरहँदा जाह्न्वीका लागि अब बन्ने प्रोजेक्टका सम्बन्धमा पनि चर्चा सुरु भएको छ।
डेक्कन क्रोनिकलका अनुसार जाह्न्वीले अब आफ्नैै होम प्रोडक्सनमा काम गर्ने छिन्। यस सम्बन्धमा अहिले जाह्न्वीका बुवा बोनी कपुर जाह्न्वीको अभिनयमा सुहाउने कथाको खोजी गरिरहेका छन्। बोनी कपुर चाहन्छन्- जाह्न्वीको अभिनयमा अब बन्ने फिल्म धडकभन्दा विलकुर फरक हुन सकोस ।
बोनी कपुरले यसअघि पनि पत्नी श्रीदेवीका लागि ‘जुधाई’ र छोरा अर्जुनका लागि ‘तेवर’ निमार्ण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।