विराटनगर– हुकिङ गरी विद्युत् चोरी गरेको आरोपमा मोरङका विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङ र क्षेत्रीय विद्युत् प्राधिकरण विराटनगरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
विद्युत् चुहावट नियन्त्रणका लागि खटिएको टोलीले सुन्दर–हरैचा–५ का नन्दकुमार मुसहर, बुढीगंगा गाउँपालिका–२ का दिनेश साह, मनोज ऋषिदेव, ईसर ऋषिदेव, श्याम ऋषिदेव, राजकुमार बिक र बलबहादुर राजवंशीलाई पक्राउ गरेको हो।
हुकिङ गरी विद्युत् चोरी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीय विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।