काठमाडौं– संगीता श्रेष्ठको निर्देशनमा रहेको फिल्म ‘कथा काठमाण्डु’ को पहिलो गीत सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्ममा समावेस ‘रातको कुरा’ बोलको गीत सार्वजनिक गरिएको हो।
गीतमा इन्दिरा जोशीको स्वर, प्रदीप बास्तोलाको शब्द तथा संगीत छ। काठमाडौं भित्रका नाइट क्लब, होटल रेस्टुरेन्टमा देखिने यथार्थ विषयलाई फिल्मको गीतले समेटेको देख्न सकिन्छ।
भिडियोमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरी बरालको अभिनय देख्न सकिन्छ।
विजय राईको निर्माण, लुजा सिंहको छायाङ्कन रहेको फिल्म 'कथा काठमाण्डु'मा तीन फरक कथालाई समावेश गरिएको फिल्म निमार्ण युनिटले जनाएको छ।
फिल्ममा प्रियंका कार्की र प्रमोद अग्रहरीका साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतको भूमिका छ।
निर्माण पक्षका अनुसार फिल्म असोज १२ गतेबाट नेपालभर प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।