काठमाडौं- अधिकारकर्मी कृष्ण पहाडीले २३ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई अनसनस्थल त्रिवि शिक्षण अस्पतालमा भेटेका छन्। डा केसीको मागमा समर्थन जनाउन पहाडी अनसन स्थल पुगेका हुन्।
पहाडीले डा केसीलाई उनको समर्थनमा बसन्तपुरमा नागरिकहरुले शुरु गरेको सत्याग्रहबारे जानकारी गराएका थिए। उनले डा केसीको मागमा ऐक्यवद्धता जनाउनेहरुको संख्या बढिरहेको जानकारी गराए।
नेकपा (क्रान्तीकारी माओवादी) का नेता सिपी गजुरेलले पनि अनशनरत डा केसीलाई भेटेर ऐक्यबद्धता जनाएका छन्। गजुरेलले डा केसीका माग सही भएकाले समर्थन गरेको बताए।
गजुरेलले डा केसीको स्वास्थ्यप्रति चिन्ता जनाउँदै ओली सरकार माफियाको घेरामा परेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।