काठमाडौं– अनसन सुरु गरेको २३ औं दिनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताले डा गोविन्द केसीलाई भेटेका छन्। नेकपाका नेता नारायणकाजी श्रेष्ठ आइतबार शिक्षण अस्पताल पुगेर डा.केसीलाई भेटेका हुन्।
भेटमा श्रेष्ठले स्वास्थ्य चेकजाँच गर्न डा केसीलाई आग्रह गरेका थिए। तर, डा.केसीले कुनै जवाफ दिएनन्। श्रेष्ठ पार्टीमा सल्लाह गरेर नभई व्यक्तिगत रुपमा भेट्न गएका हुन्।
डा.केसीसँग करिब ५ मिनेट बसेर श्रेष्ठ फर्किएका छन्।
डा केसीका सहयोगीहरुले उनको स्वास्थ्यमा कुनै पनि बेला जटिलता आउन सक्ने भन्दै परिणामुखी वार्ताका लागि म्यानेटसहितको वार्ता टोली पठाउन शनिबार आग्रह गरेको थियो। तर, सरकारले वार्ताका लागि कुनै चासो दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।