काठमाडौं– महिला राष्ट्रिय फुटबल लिगमा पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) उपराष्ट्रपति कप महिला लिग सोमबारदेखि साउद १५ सम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा संचालन हुने जानकारी दिएको हो।
प्रतियोगितमा ३ विभागीय टिमहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, काठमाडौं जिल्ला फुटबल संघ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको छ। काठमाडौं र रौतहटले छनोट पार गरेर लिगमा स्थान पक्का गरेका हुन्। उदघाटन खेलमा आर्मी र रौतहटबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताबाट महिला साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिनेछ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा सहभागी टिमलाई तयारी खर्च ५० हजार रुपैयाँ प्रदान गरिएको छ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रो हुने टिमलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। चार पोजिसनमा उत्कृष्ट खेल्ने १-१ खेलाडीलाई १० हजार र सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।