काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी चालक अनुमति पत्र निर्माण गर्ने यातायात व्यवस्था कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी र विचौलियासहित १३ जना विरुद्ध भ्रष्टमाचार मुद्दा दायर गरेको छ।
अख्तियारले आइतबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयका मेकानिकल इन्जिनियर श्याम केसी, प्रहरी नायव निरिक्षकद्वय श्रीराम तिवारी र विमल पोखरेल, प्रहरी जवान श्याम खड्कासहित अन्य ९ जना विचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
२०७५ वैशाख ३, ९, १० र १९ गते सञ्चालन भएको ट्रायलमा उनीहरुले अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
त्यस्तै, २०७५ वैशाख ३, ४, १० र १९ गतेको थप प्रयोगात्मक परीक्षाको नतिजामा फेरबदल गरी तयार गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।