काठमाडौं– आगामी फागुनमा नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा २७ खेलका ३ सय १५ इभेन्ट्समा प्रतिस्पर्धा हुने भएको छ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा बसेको बैठकले सागमा हुने खेल र इभेन्ट्सको टु्ंगो लगाएको हो। नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा समावेश हुने खेल र इभेन्ट्सबारे जानकारी दिएका हुन्।
यसअघि सागमा २३ खेलमा प्रतिस्पर्धा गराउने निर्णाय गरिएको थियो। तर नेपालले आयोजको हैसियतमा कराते र गल्फ थप्ने निर्णय गरेको थियो। शनिबार बसेको काउन्सिलको बैठकले क्रिकेट र प्याराग्लाइडिङ थप्ने निर्णय गरेसँगै सागमा २७ खेलमा प्रतिस्पर्धा हुने भएको हो।
क्रिकेटमा यू–२३ खेलमा प्रतिस्पर्धा हुनेछ। जहाँ ३ जना सिनियर खेलाडी पनि टिममा राख्न पाइने प्रावधान छ।
१३ औं साग आगामी फागुन २६ देखि चैत ८ गतेसम्म हुने तय छ। खेलहरु काठमाडौं र पोखरामा हुने बताइएको छ।
सागमा हुने खेल
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, प्याराग्लाइडिङ
सागमा हुने खेल र इभेन्ट्स
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।