काठमाडौं– ब्राजिलमा लगेर रोजगारीमा लगाइदिने भन्दै ठगी गर्ने सुर्खेतका सागर भनिने लिलबहादुर मल्ल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले शुक्रबार उनलाई पक्राउ गरेको हो।
मल्लले ६ जना युवाहरुलाई मासिक ७० देखि ९० हजार रुपैयाँसम्म तलब हुने र केही वर्षपछि ग्रिनकार्ड बन्ने बताएर पैसा असुलेका थिए।
कोलम्बियाको नक्कली भिसा देखाएर उनीहरुलाई सुरुमा भारत लगिएको थियो। भारतमा ४ दिन अलपत्र परेपछि नेपाल फर्किएर प्रहरीमा उजुरी दिएका हुन्।
पक्राउ परेका मल्ललाई मानब बेचबिखन तथा ओसार पसार अपराधमा कारबाही अघि बढाइएको सिआइबीका एसपी कृष्ण हरी शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।